विराटनगर : वैदेशिक रोजगारीका लागि ‘क्रोएसिया’ पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगरका २६ वर्षीय उत्सव दाहाल रहेका छन् । क्रोएसियाको ‘कृषि फर्ममा काम लगाइदिन्छु, तलब १ लाख हुन्छ’ भनेर दाहालले पीडितहरूसँग ६ लाख २४ हजार लिएर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ठगी गरेर सम्पर्कविहीन भएपछि उनलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले प्रहरीलाई आग्रह गरेको थियो ।
उनलाई बुधबार काठमाडौँको सिनामंगलबाट पक्राउ गरेर विभागमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post