इटहरी : नक्कली फेसबुक पेज बनाएर ठगी गरेको आरोपमा इटहरीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ११ खनारका २३ वर्षीय प्रसिन चौधरी रहेका छन् ।
चौधरीले सामाजिक सञ्जाल फेसबुकमा टि–मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरेर अनलाइन ठगी गरेको पाइएको हो ।
उनलाई काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाइल सेट सस्तो मूल्य १ लाख १५ हजार रुपैयाँमा बिक्री गर्ने भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न व्यक्तिहरूको ई–सेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उनीमाथि ठगी कसूरमा आवश्यक कारबाही एवं अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post