झापा : श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
२६ वर्षीया श्रीमती सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका १ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूबीचको सामान्य विवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट गएको सयुक्त प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएका छ ।













Discussion about this post