झापा : झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ताले हानेर श्रीमतीको हत्या गरेका छन् ।
मंगलबार बेलुकी भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्।
खाना नपकाएको कारण झै– झगडा गरी लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।
प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।













Discussion about this post