झापा : कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका झापाको बिर्तामोड नगरपालिका १ का निराकार पाण्डेको शव शनिबार निवासमा ल्याइएको छ ।
कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।
शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उनको शव शनिबार दिउँसो बिर्तामोडस्थित निवासमा पुर्याइएको हो ।
पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । यसैबीच उनको शनिबार नै अन्तिम संस्कार गरिएको छ ।














Discussion about this post