धरान : धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ ।
फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै गोधुलीको उपाधी १७ नं. वडाले चार पटक जितेको हो ।
उपाधीसँगै १७ नं. वडाले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजारमा चित्त बुझायो ।
विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उनका वुवा ध्यानबहादुर राईले नगद २५÷२५ हजार पुरस्कार थप प्रदान गरे ।
विधागत पुरस्कारमा पनि १७ नं. वडाको बर्चश्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी १७ नं. वडाका सविन राई घोषित भए । उनलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उच्च गोलकर्ता धरान वडा नं. १४ का सरोज राई घोषित हुँदै नगद ७ हजार ५ सय पुरस्कार जिते । उनले प्रतियोगितामा ६ गोल गरेका थिए ।
प्रतियोगिताको बेष्ट डिफेन्स १७ नं. वडाका सौजन राई, बेष्ट गोल किपर १७ नं. वडाका सुजन राई, बेष्ट मिड फिल्डर १७ नं. वडाका सुशील राई, बेष्ट स्ट्राइकर १७ नं. वडाका कृष्ण राई, बेष्ट कोच १७ नं. वडाका योगेन राई, राइजिङ प्लेयर १७ नं. वडाका साहिल राई घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच १५ नं. वडाका नगेन राई घोषित भएका थिए ।
उनीहरूलाई नगद ५ हजार ५ सय र मेडल प्रदान गरियो ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, उपप्रमुख आइन्द्र विक्रम वेघा, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई लगायतका अतिथिले पुरस्कार वितरण गरेका थिए ।
पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा सञ्चालन भएको प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको थियो ।














Discussion about this post