ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवामा भीरमा लागेको आगोले जलेर एक बालकको मृत्यु भएको छ ।
साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका २ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका बालक राईको जलेर मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post