झापा : झापाको अर्जुनधारा नगरपालिका ८ का ३३ वर्षीय मनोज बस्नेतलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको रामपुर २ घर भइ अर्जुनधारा ८ बस्दै आएका बस्नेत र श्रीमती ४५ वर्षीय कल्पना पोखरेलबीच गत शनिबार सामान्य घरायसी विषयमा विवाद हुँदा रिसको आवेगमा उनले श्रीमतीको हत्या गरेका थिए ।
घटनालाई ढाकछोप गर्न नजिकै रहेको चौरमा खाल्डो खनेर पुरेको भन्ने सूचना पाएसँगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
बस्नेत पक्राउ परेसंगै गाडेको ठाउँबाट शव उत्खनन गरी शव परीक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार बस्नेतले गत बुधबार राति साढे १० बजेतिर श्रीमतीको हत्या गरेर शव चौरमा खाडल खनेर गाडेका थिए ।
हत्या गरी खाडल खनेर चौरमा गाडेपछि बस्नेतले श्रीमती हराएको हल्ला फैलाएको खुलेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यो पनि – जसले श्रीमतीको हत्या गरी खाडल खनेर गाडे, उसैले हराएको हल्ला फैलाए…













Discussion about this post