Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

पर्यटकको ध्यान तान्दै ताप्लेजुङ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८०
in भिजिट नेपाल, समाचार
0
पर्यटकको ध्यान तान्दै ताप्लेजुङ
92
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो। चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन्।

तीमध्ये धेरैजसोको रोजाइमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो।

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो। यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ।

विश्वको तेस्रो अग्लो ८,५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा, हिमाल पर्वतारोही र पदयात्रा गर्नेका लागि उपयुक्त गन्तव्य हो। कञ्चनजङ्घासहित त्यस वरपरका परिदृश्यले आरोही एवं पदयात्रीलाई आनन्द प्रदान गर्ने भएकाले उक्त हिमालमा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्।

चैत, वैशाख, जेठ, कात्तिक र मङ्सिर महिनामा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू पदयात्राका लागि आउने गरेका छन्। आरोहण भने वैशाख र जेठमा हुने गरेको छ।

पर्यटन व्यवसायीका अनुसार सामान्यतया ४५ दिनमा कञ्चनजङ्घा आरोहण गरेर फर्किन सकिन्छ भने सदरमुकाम फुङ्लिङदेखि कञ्चनजङ्घा आधारशिविर पदयात्रा गरेर फर्किन करिब १७ दिनको समय लाग्छ। कञ्चनजङ्घा जान तीन वटा पदमार्ग छन्।

सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने तापेथोक, घुन्सा र अर्को सुकेटार हुँदै सिरिजङ्घा गाउँपालिकाको तेल्लोक याम्फुदिन भएर पुग्न सकिन्छ। यस्तै पाँचथरको गणेशचोक, आम्बेगुदिनस्थित हप्पुखोला र खेवाङ हुँदै अर्को बाटोबाट पनि जान सकिन्छ। याम्फुदिन र तापेथोकसम्म सवारी साधनमै जान सकिन्छ।

झापाको बिर्तामोडबाट मेची राजमार्ग र धरानबाट तमोर कोरिडोरको बाटो हुँदै ताप्लेजुङमा आउन सकिन्छ। कञ्चनजङ्घा पदयात्राका क्रममा पहाडका टाकुरा, हरियाली वनजङ्गल, खोला, झरना, हिमाली क्षेत्रका चराचुरुङ्गी र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ।

पदयात्राकै क्रममा विभिन्न जातजातिको भेषभूषा, भाषा, संस्कार संस्कृति र रहनसहनलाई समेत नियाल्न पाइन्छ। पदमार्गका विभिन्न ठाउँमा सामान्यदेखि सुविधा सम्पन्न होटल सञ्चालनमा रहेका छन्।

नेपालका प्रमुख शक्तिपीठमध्ये यहाँस्थित पाथीभरा मन्दिर पनि एक हो। समुन्द्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन्।

अलौकिक शक्तिपीठका रूपमा मानिने पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। यहाँ बडादसैँका बेला अन्य समयमा भन्दा धेरै तीर्थयात्री आउँछन्। त्यसपछि फागुन, चैत र वैशाखमा आउने गर्छन्। चैत, वैशाखमा प्रकृतिको सुन्दरता खुल्ने र मौसमसमेत न्यानो हुने भएकाले यो समयमा घुमघाम र पूजाआजा गर्ने दुवै खालका पर्यटक आउने गर्छन्।

उच्च क्षेत्रमा पाइने विभिन्न प्रजातिका बोटबिरुवा, गुराँस, रेडपाण्डासहितका जीवजन्तुको अवलोकन गर्दै पुग्न सकिने पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्णसहितका हिमालकोसमेत अवलोकन गर्न सकिन्छ। धार्मिकरुपले महत्त्वपूर्ण मानिने पाथीभरामा पुग्नेले प्राकृतिक सुन्दरताको समेत आनन्द लिन सक्छन्।

सदरमुकाम फुङ्लिङबाट सुकेटार हुँदै काफ्लेपाटीसम्म सवारीसाधनमा र सोभन्दा माथि हिँडेर जानुपर्छ। काफ्लेपाटी र त्यसमाथि रहेको माथिल्लो फेदीमा दर्जनौँ होटल, पसल सञ्चालनमा छन्।

जति हेरे पनि हेरिरहूँ लाग्ने मनमोहक फुङ्फुङे झरना पनि यहाँको आकर्षक पर्यटकीय गन्तव्य हो। मिक्वाखोला गाउँपालिकाको साँवामा पर्ने यो झरनामा करिब तीन सय मिटर माथिबाट आरामदायी ध्वनिका साथ कञ्चन पानी झरेको दृश्य देख्न सकिन्छ। यो झरना हिउँदको समयमा पानी सुकेर केही सानो र बर्खाको समयमा निक्कै ठूलो देखिन्छ। झरना भएको ठाउँसम्म नै सवारीसाधन पुग्छन्।

झरनाको अवलोकन गर्ने ठाउँसम्म पुग्न सडकदेखि करिब दुई सय मिटरभन्दा लामो दूरीमा पैदलमार्ग निर्माण भएको छ।

झरनाको दृश्य अवलोकनका लागि हेर्ने र बस्ने ठाउँसमेत बनाइएको छ। झरनाको अवलोकनसँगै झरनासहितका तस्बिर कैद गर्न सकिन्छ। नजिकै लिम्बू समुदायको बसोबास भएकाले उनीहरूको रहनसहन समेत देख्न पाइन्छ। सदरमुकामदेखि सो क्षेत्रमा पुग्न सवारी साधनमा करिब तीन घण्टा लाग्छ।

मुलुकका थुप्रै सिमसारमध्ये तिम्बुङ पोखरी सिदिङ्वा गाउँपालिकाअन्तर्गत साबिकको कालिखोला गाविसमा पर्ने धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो। चार हजार चार सय ८१ मिटरको उचाइमा रहेको पोखरी चार सय ६६ मिटर उत्तर–दक्षिण लम्बाई र एक सय ४५ मिटर पूर्व–पश्चिम चौडाइ रहेको जानकार बताउँछन्।

विशेषगरी नागपञ्चमी र जनैपूर्णिमाको दिन धेरै पर्यटक यहाँ पुग्ने गर्छन्। हिउँ पर्ने समयमा भने यहाँ पुग्न कठिन छ। वैशाखदेखि असोज, कात्तिकसम्म यो पोखरीमा जान सकिन्छ। यस पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै आवाज आउने गरेको बताइन्छ। पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने जनविश्वास छ। पोखरीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भए गरेका पापबाट मुक्ति पाइने पनि मान्यता रहिआएको छ।

मनसुनी समयमा प्राकृतिक सोन्दर्यतामा रमाउन चाहने धेरै मानिस बर्सेनि यो पोखरीमा पुगेर फर्किन्छन्। हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गई सकेपछि ठाउठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ। केन्जो ९रेनुम नोविल० माइकोपिला, पदमचाललगायतका फूलहरूले भरिने त्यस क्षेत्रमा पुगेपछि फूलैफूलको बगैँचामा घुमेको आभास हुने गर्छ।

विश्व संरक्षित सूचीमा रहेको रेडपाण्डा, बहुमूल्य जडीबुटी केञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइतो, यार्सागुम्बा, कुड्की, बुढो ओखतीलगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ। फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, गोठालाहरूसँग गोठमै खानु बस्नुको मज्जा छुट्टै छ। गोठमै पनि खान र बस्न पाइन्छ। पछिल्लो समय पदमार्गका केही ठाउँमा होमस्टेसहित होटल पनि खुलेका छन्।

पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुई वटा फरक रुट रहेका छन्। जताबाट गए पनि दुई दिनको यात्रा गर्नुपर्छ।

पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरीजङ्घा स्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ। पाँचथर तर्फबाट जाँदा कालीखोलासम्म र ताप्लेजुङतर्फ सिरीजङ्घाको खेवाङसम्म सवारी साधनमा पुगिन्छ। सोभन्दा माथि एक दिनको पैदल यात्रा गर्नुपर्छ।

पोखरीको आसपासमा अरू पनि ससाना थुप्रै पोखरी रहेका छन्। हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरीलगायतका दर्जनौँ पोखरीहरू रहेका छन्। यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँसमेत देख्न सकिन्छ।

दिकीछ्योलिङ गुम्बा चीनको तिब्बतसँग सीमा जोडिएको हिमाली गाउँ ओलाङचुङ्गोलामा रहेको छ। ऐतिहासिक गुम्बामा करिब सयौँ वर्ष पुराना धार्मिक पुस्तक, ऐतिहासिक बुद्धका मूर्ति र अखण्ड बत्ती रहेको छ। धार्मिक रूपमा महत्त्वपूर्ण र ऐतिहासिक यस गुम्बामा देश विदेशका बौद्ध धर्मावलम्बी पुग्ने गरेका छन्।

करिब तीन हजार दुई सय मिटरको उचाइमा रहेको ओलाङचुङ्गोलामा भोटे समुदायका मानिसको मात्र बसोबास छ। पहाडी तथा हिमाली क्षेत्रका प्राकृतिक दृश्यको अवलोकन गर्दै पुगिने ओलाङचुङ्गोलामा ५२ घर परिवारको बाक्लो बस्ती छ। यहाँ पुग्दा भोटे समुदायको भाषा, वेषभूषा र रहनसहनको समेत अवलोकन गर्न सकिन्छ। यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलास्थित सोदु पोखरी, भूत पोखरीसमेत आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन्। यी पोखरीमा वैशाखदेखि असोजसम्म आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ। दरमुकामदेखि सवारीसाधन र पैदल गरी दुई दिनको समयमा त्यहाँ पुग्न सकिन्छ।

यता सदरमुकाम फुङलिङ बजार नजिकै रहेको सिद्धी डाँडासमेत आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। शिवालय मन्दिर र पोखरी रहेको सिद्धी डाँडामा विभिन्न संरचना निर्माण र प्रचारप्रसार हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ।

विशेष अवसर, नयाँ वर्षलगायतका अनुकूल समयमा घुमफिरका लागि ठूलो सङ्ख्यामा मानिस जान थालेपछि ती ठाउँको विकासमा समेत स्थानीय सरकारको ध्यानाकर्षण भएको छ।

Tags: #ताप्लेजुङ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि
विविध

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

by रासस
असार १३, २०८३
0

भोजपुर : पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत...

अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.