झापा : झापामा श्रीमानको हत्या आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया सुनीता कार्कीलाई श्रीमानको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । सुनीता र उनका श्रीमान ५३ वर्षीय टेकबहादुर कार्कीबीच घरायसी विषयमा विवाद भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको कुटपिटबाट घाइते भएका कार्कीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकोमा उपचार पश्चात् घर ल्याएको र बैशाख २४ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनीतालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।













Discussion about this post