इटहरी : इटहरीस्थित यातायात व्यवस्था विभाग बाहिरबाट २२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालय बाहिर रहेका लेखापढी व्यवसायीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
इटहरी प्रहरीका प्रमुख, डीएसपी माधवप्रसाद काफ्लेले २२ जना लेखापढी व्यवसायीलाई पक्राउ गरिएको बताए ।
उनका अनुसार लेखापढीमा सटर खोलेर बसेकाहरूले गाडीहरूको फायल गायब पारिदिने, लुकाइदिने र सेवाग्राहीहरूसँग पैसा मागेपछि प्रहरीले छापा मारेको थियो ।
उनीहरूलाई दिउँसो २ बजेतिर पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post