इटहरी : इटहरीस्थित यातायात व्यवस्था विभाग बाहिरबाट २२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
इटहरीको हलगढास्थित कार्यालयमा बुधबार प्रहरीले छापा मारेको थियो । यातायात कार्यालयबाट हुने कामका लागि अवैध रुपमा असुली गर्ने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको छ ।
सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरमा लगेर मिलेमतो गरी अवैध असुल्ने गरेको गुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको हो ।
सेवाग्राहीले पटकपटक समस्या भोग्दै आएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीलाई यसअघि यातायात कार्यालयबारे सुनासो पुगेपछि छापा मारिएको डीएसपी माधवप्रसाद काफ्लेले बताए ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट यातायात कार्यालयको १५ वटा ढड्डा, २३ वटा ब्लुबुक र १५ वटा फाइल र विभिन्न प्रकारका छाप नियन्त्रणमा लिएको छ ।
यी हुन् पक्राउ पर्नेहरू :
१. श्यामनारायण राय, विराटनगर ८, यातायात कार्यालयमा कार्यरत सहयोगी कर्मचारी
२. देवेन्द्र बस्नेत, इटहरी ४, होण्डा शोरुम कर्मचारी
३. खेमराज सुबेदी, सुन्दरहरैँचा, मोरङ, भेस्पा शोरुम कर्मचारी
४. रोशन पराजुली, इटहरी ४, होण्डा शोरुम कर्मचारी
५. किरण चौधरी, रामधुनी १, सुनसरी, यमाहा शोरुम कर्मचारी
६. भुवन निरौला, इटहरी ६, बजाज शोरुम कर्मचारी
७. निराजन कार्की, इटहरी ४, नायव सुब्बा, राष्ट्रिय खेलकुद परिषद्
८. लीलाबहादुर राई, इटहरी ४, लेखापढी सेन्टर
९. बमप्रसाद रिजाल, रामधुनी ५, सुनसरी, लेखापढी सेन्टर
१०. पूजा रिजाल, रामधुनी ५, सुनसरी, लेखापढी सेन्टर
११. योगेन्द्रप्रसाद ओझा, इटहरी ४, लेखापढी सेन्टर
१२. सूर्यकुमार बुढाथोकी, इटहरी २, सुनसरी, लेखापढी सेन्टर
१३. शिव चौधरी, गढीमाई ३, रौटहट, लेखापढी सेन्टर
१४. होमनाथ घिमिरे, विराटनगर ४, लेखापढी सेन्टर
१५. पदम मगर, लेटाङ ८, मोरङ, लेखापढी सेन्टर
१६. गोविन्दमान कार्की, सुन्दरहरैँचा, ३ मोरङ, लेखापढी सेन्टर
१७. शम्भु पराजुली, इटहरी ६, लेखापढी सेन्टर
१८. थामबरबहादुर अधिकारी, सुन्दरहरैँचा २, मोरङ, लेखापढी सेन्टर
१९. कैलाश खड्का, इटहरी ९, लेखापढी सेन्टर
२०. प्रदीप कोइराला, इटहरी २, लेखापढी सेन्टर
२१. उमा अधिकारी, इटहरी २, लेखापढी सेन्टर
२२. मन्दिरा बुढाथोकी इटहरी ४, लेखापढी सेन्टर
Discussion about this post