इटहरी : कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८०।८१का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट लएको छ ।
कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेश मार्फत सो बजेट ल्याएका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका कार्कीले बजेटमध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालू तर्फ विनियोजन गरिएको जानकारी दिए ।
यस्तै, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्कीले बताए ।














Discussion about this post