विराटनगर : विराटनगरस्थित कोसी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको मृत्यु भएको छ ।
अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ ।
असार २४ गते बिहान पेटमा समस्या भएपछि राजवंशी कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् ।
आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरूले राजवंशीलाई ओपीडीको स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक बस्ने कोठामा रेफर गरिदिए ।
गाइनोका चिकित्सकले राजवंशीको पेटमा घाउ देखेपछि सर्जरी वार्डमा पठाइदिए । सर्जरीका चिकित्सकलाई देखाउन नपाउँदै राजवंशीको ओपिडीको वार्डमा २४ असारमा दिउँसो मृत्यु भएको हो ।














Discussion about this post