इटहरी : इटहरी–धरान सडकखण्डस्थित कोसी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा गोली हानेर एक युवकको हत्या भएपछि परिवारसहित गाउँ नै शोकाकुल भएको छ ।
जन्मदिनमा साथीसँग घुम्न गएका विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको थियो ।
जन्मदिनको दिन करिब साढे ११ बजे प्रेमिकासँग घुम्न निस्किएका रोहित फर्किएपछि जन्मदिन मनाउने भनेर परिवारका सदस्यले तयारी सुरु गरेका थिए ।
धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो ।
तर रोहितको जन्मदिन मनाउने तयारी हुँदाहुँदै परिवारले उनको मृत्युको खबर पायो । खबर पाएपछि आफन्त विक्षिप्त बनेका छन् । आमा अर्थचेत छिन् ।
शनिबार दिउँसो उनको शव ल्याउनुभन्दा अगाडिसम्म आमा जानकीलाई रोहित घाइते भएको र उपचार भइरहेको भनिएको थियो, मृत्युको खबर सुनाइएको थिएन ।
रोहित पाँच वर्षयतानोबेल मेडिकल कलेजमा काम गर्थे ।

रोहितकी फुपू दिदी शान्ता चौधरीका अनुसार रोहित परिवारका जेठा छोरा हुन् । परिवार पाल्ने जिम्मेवारी उनी र उनको माइलो भाइसँग थियो । कान्छो भाई पढ्दैछन् ।
‘त्यो बाटो त चलेकै बाटो हो, दिउँसै त्यस्तो घटना हुनु अचम्म जस्तै लागिरहेको छ’, शान्ताले भनिन्, ‘घटना किन भयो गर्ने र देख्नेलाई थाहा भयो होला ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी प्रभुप्रसाद ढकालका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घटना भएको हो ।
तीनजनाको समूहमा आएका युवाहरूमध्ये एकजनाले गोली प्रहार गरेको र उनीहरू तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए ।
यो पनि – इटहरी–धरान सडकखण्डको सेउती पुलमा गोली हानेर एक युवकको हत्या












Discussion about this post