ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा मादक पदार्थजन्य वस्तु ओसारप्रसारमा सरकारी गाडी प्रयोग हुने गरेको पाइएको छ ।
शनिबार र बिदाका दिनपनि निर्बाध रूपमा सरकारी गाडी चल्ने ताप्लेजुङमा पछिल्लो समय मादक पदार्थजन्य वस्तु ओसारप्रसारमा समेत सरकारी गाडी प्रयोग हुने गरेको पाइएको हो ।
पछिल्लो समय फुङ्लिङ बजारको वीरेन्द्र चौकमा एउठा सेतो नम्बर प्लेडको गाडीमा धमाधम रुस्लान भोड्का, कोकाकोला, स्प्राइट लगायत किराना दोकानका सामानहरू लोड भइरहेको भेटिएको छ ।
मे १ झ १७० नम्बरको गाडीमा मादक पदार्थजन्य सामग्री लोड गर्दै गरेको पाइएको हो । यो गाडी पाथीभरा याङवरक गाउँपालिकाको हो ।
जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले गाडी पाथीभरा याङ्वरक गाउँपालिकाको नै भएको पुष्टि गरेको छ । यता, पालिका अध्यक्ष केशरकुमार मेनेङ्बोले भने यस विषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।
Discussion about this post