विराटनगर : धरानमा महामारीको रूपमा फैलिएको डेङ्गु नियन्त्रण तथा बिरामीको उपचारका लागि राजनीतिक दलहरूले प्रदेश सरकारसँग सहयोग माग गरेका छन् ।
धरानका राजनीतिक दलहरूले शनिबार कोसी प्रदेश सरकारलाई विराटनगर पुगेर संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापालाई ध्यानाकर्षण पत्र बुझाउदै डेङ्गु नियन्त्रण तथा बिरामीको उपचारका लागि आवश्यक सामग्री तथा औषधि सहयोगका लागि माग गरिएको छ । ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएको कांग्रेस धरानका सभापति श्याम पोखरेलले बताए ।
डेङ्गु संक्रमणबाट धरानमा हालसम्म २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । १७ हजार १०३ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा डेंगुबाट संक्रमितको संख्या १२ हजार ३९६ पुगेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।












Discussion about this post