इटहरी : डेङ्गु महामारीका कारण कोसी प्रदेशमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ जना सुनसरीका छन् भने एकजना मोरङका छन् ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार हालसम्म सङ्क्रमितको सङ्ख्या २२ हजार २ सय ३७ पुगेको छ । जसमध्ये सुनसरीमा हालसम्म १५ हजार ९ सय ५२ डेङ्गु सङ्क्रमित छन् ।
मोरङमा हालसम्म तीन हजार ३ सय ६३ जना, झापामा एक हजार ४ सय २०, उदयपुरमा ४ सय ४९, धनकुटामा २ सय ६४ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
सङ्खुवासभामा दुई सय ४०, इलाममा एक सय ६८, भोजपुरमा एक सय ५४, तेह्रथुममा एक सय १५, पाँचथरमा ४७, ताप्लेजुङमा ३३, ओखलढुङ्गा र खोटाङमा पाँच–पाँच र सोलुखुम्बुमा दुई जनामा सङ्क्रमण देखिएको छ ।
तीव्र रूपमा डेङ्गु महामारी फैलिएपछि कोसी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।














Discussion about this post