इटहरी : इटहरीमा हिन्दुवादीहरूले प्रदर्शन गरेका छन् । इटहरीको मुख्य चौकमा हिन्दुवादीहरूले शान्तिपूर्ण र्याली प्रदर्शन गरिरहेका हुन् ।
धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेसँगै इटहरीबाट तरहरातर्फ र्याली निकालिएको छ ।
हिन्दुवादीहरूले गाई हाम्री आमा हुन्, आमा काट्न पाइदैँन, हिन्दु राष्ट्र कायम गर्, गोवध हत्यारालाई कारबाही गर्, नेपाल सरकार मुर्दाबादजस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
केही दिनअघि धरानमा गोरु काटेर खाएको भनेर दाबी गरिएको भिडियो सार्वजनिक भएपछि सद्भाव र्याली निकालिएको हो ।
प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रहरी कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको टोली परिचालन गरेको छ ।
इटहरीतर्फबाट धरान जाने क्रममा इटहरी २० स्थित तरहराको पानीपियामै सबै सवारी साधन रोकिएको छ ।
यो पनि – धरान जाने सबै सवारी साधन तरहरामै रोकिए, बाक्लो मात्रामा प्रहरी परिचालन
Discussion about this post