ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ।
आर्थिक वर्ष २०७९–८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो।
नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८ रुपैयाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
समितिका कायकारी निर्देशक मनमणि काफ्लेले अघिल्लो आर्थिक वर्षमा दुई करोड १४ लाख रुपैयाँ भेटी संकलन भएको जानकारी दिए । समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच रुपैयाँ जम्मा रहेको उनले बताए।














Discussion about this post