इटहरी : इटहरीमा टिभिएस बाइकले असोज २९ गतेसम्म एक्स्चेन्ज मेला गर्ने जनाएको छ ।
इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्स मा असोज २५ देखि २९ गतेसम्म एक्स्चेन्ज मेला थप गरिएको हो । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ ।
जसअन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।
एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ ।
२५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चढेर जान सकिने कम्पनीले जनाएको छ ।













Discussion about this post