Saturday, April 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उदयपुरमा विद्यार्थीको फूलखेतीले आत्मनिर्भर बन्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८०
in समाचार
0
89
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् ।

बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फूलखेती गरेका हुन् । कृषि प्राविधिक धारतर्पmका विद्यार्थीले कटारी तथा सदरमुकाम क्षेत्रका लागि विद्यालय परिसर र त्रियुगा नगरपालिकाको बोक्सेमा फूलखेती गरेका हुन् ।

कटारी क्षेत्रका लागि विद्यार्थीले विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा सयपत्री लगाइएको विद्यार्थी राजु ठाकुरले बताए । उनका अनुसार कक्षा १२ को परीक्षापश्चात् गरिने प्रयोगात्मक परीक्षणका लागि फूलखेती गर्नुपर्ने भएपछि जिल्लाको दुई स्थानमा सयपत्री लगाइएको हो ।

विवश लामिछानेसहित १० विद्यार्थीको समूह बनाएर खेती गरिएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताए । “बोक्सेमा एक बिघा जग्गा लिजमा लिएर व्यावसायिक फूलखेती गरिरहेका छन्”, उनले भने, “विद्यार्थीहरू व्यावसायिकरूपमा नै फूलखेतीमा लागेका हुन् ।”

प्रधानाध्यापक कार्कीका अनुसार यसपटक कटारी र गाईघाट गरी दुई स्थानमा भइरहेको फूलखेतीमा विद्यालयले रु तीन लाख लगानी गरेको छ । विद्यार्थीले व्यावसायिक फूलखेती गरेको यो तेस्रो वर्ष हो । “गत वर्ष भएको नाफाका कारण विद्यार्थीले खेती बढाएका छन्”, उनले भने, “बजारमा सबै उत्पादन लैजान सकिन्छ कि सकिँदैन भन्ने चाहिँ चिन्ताको विषय हो ।”

“गत वर्ष कटारीको फूल अभाव विद्यार्थीबाटै अन्त्य भयो”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले भने, “यस वर्ष जिल्लालाई नै सयपत्रीमा आत्मनिर्भर बनाउन सदरमुकाममा फूल उत्पादन भइरहेको छ ।” सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले फूलखेतीका साथै व्यावसायिक च्याउखेती पनि गरिरहेको उनले जानकारी दिए ।

यसअघि जिल्लामा सयपत्री अभावका कारण तिहारमा कागज, प्लाष्टिकको माला लगाउनुपर्ने बाध्यता भएपछि विद्यार्थीले फूलखेती सुरु गरेको विद्यार्थी विनोद कार्कीले बताए । यसअघि थोरै खेती गर्दा तिहारमा मात्रै रु एक लाख हाराहारीमा नाफा कमाएका उनको बताए । उनका अनुसार यस वर्ष खेतीको क्षेत्रफल बढाएकाले आम्दानी पनि बढ्ने अनुमान गरिएको छ ।

Tags: #उदयपुर#राससआत्मनिर्भर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
FEATURE BREAKING

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३

सङ्खुवासभा : भोटखोलाका एक हजार बढी नागरिकले लिए सीमा पास

बैशाख ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1390 shares
    Share 556 Tweet 348
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    620 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.