खोटाङ : चेक बाउन्समा एक निर्माण व्यवसायी पक्राउ परेका छन् ।
उदयपुर त्रियुगा नगरपालिका ७ गाइघाट घर भई काठमाडौं महानगरपालिका ७ बस्ने राम्चे निर्माण सेवा सम्बद्ध ४० वर्षीय कल्याण खत्रीलाई चेक बाउन्समा प्रहरीले पक्राउ गरेको हो ।
खत्रीलाई काठमाडौंको रातो पुलबाट मंगलबार पक्राउ गरी त्यसै रात दिक्तेल ल्याएर बुधबार जिल्ला अदालत खोटाङमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
खत्रीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का युवराज बस्नेतलाई राष्ट्रिय वाणिज्य बैंकको रकम नभएको चेक दिएको भन्दै परेको उजुरीको आधारमा पक्राउ गरिएको कार्कीले बताए ।
‘२०८० भदौ ५ गते ४ लाख २० हजार रुपैयाँको चेक दिएको तर रकम निकाल्न जाँदा खातामा रकम नभएपछि उजुरी परेको हो,’ कार्कीले भने ।
Discussion about this post