Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीका यी कार्यक्रम, जसले खर्च विवरण सार्वजनिक गरेनन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २९, २०८०
in टाकुरा विशेष, समाचार
0
सुनसरीका यी कार्यक्रम, जसले खर्च विवरण सार्वजनिक गरेनन्
135
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उदाहरण १ : २०७९ माघ २७ गते इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दन गरियो ।

सामाजिक, शैक्षिक र साहित्य क्षेत्रमा समेत प्रशंसित भन्दै घिमिरेलाई ७७ औँ जन्मोत्सवको अवसर पारेर इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा एक कार्यक्रमको आयोजना गर्दै अभिनन्दन गरिएको हो ।

उनकै कद बराबरको अभिनन्दन पत्रले घिमिरेलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अभिनन्दन गरेका थिए ।

अभिनन्दन कार्यक्रमअघि रथारोहणसहित इटहरी नगर परिक्रमा गराइएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट, अन्य प्रदेशका २५ जिल्लाबाट र भारतको विभिन्न प्रदेशबाट उल्लेख्य संख्यामा मानिसहरूको सहभागिता रहेको आयोजकको दाबी थियो ।

साथै, उक्त कार्यक्रमको अवसर पारेर लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ पनि सार्वजनिक गरिएको थियो ।

अभिनन्दन कार्यक्रमलाई संयोजन गरेका थिए, अनिल पौडेलले । ‘लेखनाथ घिमिरे अभिनन्दन मूल समारोह समिति’ नामक पौडेल नेतृत्वको समूहले हालसम्म पनि उक्त कार्यक्रमको खर्च सार्वजनिक गरेको छैन ।

कूल २५ लाख खर्च अनुमानित गरिएपनि कति खर्च भयो, कति आम्दानी भयो भन्नेबारे जनमानस हालसम्म बेखबर छ । कार्यक्रम आयोजना भएको एक वर्ष बित्न लाग्दासमेत समूहले आय, व्यय सार्वजनिक गर्ने सुरसार नै गरेको छैन ।

इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दन गरिँदै।

कार्यक्रम संयोजक अनिल पौडेलले आफूलाई खर्च कति भएको भन्नेबारे थाहा नभएको भन्दै पन्छिए । ‘आर्थिक कुरा आर्थिक समितिको संयोजक र कोषाध्यक्षलाई थाहा हुन्छ,’ पौडेलले भने, ‘आर्थिक समितको संयोजक दिनेश भट्टराई हुनुहुन्छ । कोषाध्यक्ष शुभद्रा प्याकुरेल हुनुहुन्छ । आर्थिक कुरा उहाँहरू दुईजनालाई थाहा हुन्छ ।’

उनले खर्च विवरण सार्वजनिक नभएको स्वीकार गरे । र, यसबारे आफूलाई कुनै जानकारी नभएको पौडेलको भनाइ थियो ।

उदाहरण २ : सुनसरी सदरमुकाम इनरुवामा १० दिने चलचित्र महोत्सव आयोजना भयो । २०७९ फागुन ७ गतेदेखि १७ गतेसम्म नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ ले आयोजना गरेको इनरुवा उत्सव तथा चलचित्र महोत्सवको कार्यक्रम एक वर्ष पुग्न लाग्दासमेत हालसम्म खर्च सार्वजनिक भएको छैन ।

महासंघका अध्यक्ष अरुण कुमार प्रधानले नेतृत्व गरेको उक्त कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम, पुस्तक विमोचन, बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, नेता भर्सेज अभिनेता फुटबल लगायत अन्य विविध कार्यक्रमहरू आयोजना गरिने तत्कालीन पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

११ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा कूल ५० लाख बढी खर्च हुने अनुमान गरिएपनि हालसम्म कति खर्च, कति आम्दानी भयो भन्नेबारे सार्वजनिक गरिएको छैन । महासंघका अध्यक्ष अरुण कुमार प्रधान भन्छन्, ‘नगरपालिकाले अहिलेसम्म पनि भुक्तानी दिएको छैन । साउण्ड सेटसँगै सेक्युरिटीको पैसा अझै तिर्न बाँकी नै छ ।’

उनले हालसम्म हिसाब पूरा नभएका कारण खर्च विवरण सार्वजनिक नभएको स्वीकारे ।

इनरुवामा आयोजित चलचित्र महोत्सबारे जानकारी दिन सहभागी कलाकार र साथमा पत्रकार।

‘इनरुवा नगरपालिकाले एकै रुपैयाँ दिएको छैन । हिसाब क्लियर नगरीकन हिसाबकिताब सार्वजनिक गर्ने कुरा भएन,’ उनले भने, ‘हिसाब पूरा नभएकाले हालसम्म होल्ड गर्नुपरेको हो ।’

उनका अनुसार तत्काल १० दिने भनिएपनि एक दिन थपेर ११ दिने महोत्सव आयोजना गरिएको थियो । तर, इनरुवामा धेरै राजनीति भएका कारण महोत्सवलाई नै ‘असफल’ पार्न सक्रिय हुनेहरूसमेत रहेको उनले गुनासो गरे ।

उनले भने, ‘इनरुवामा चेतेँ मैले । यहाँ धेरै पोल्टिक्स हुनेरहेछ । आफ्नो ठाउँमा केही गरौँ भन्ने थियो, म पो राजनीति गर्न आएजस्तो भयो ।’

उदाहरण ३ : सुनसरीको व्यवसायिक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित २०७९ फागुन ११ गतेदेखि १० दिने ‘धरान एक्स्पो’ आयोजना भयो ।

आयोजक समितिका संयोजक एवम् सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठकाअनुसार सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा भएको एक्स्पोमा कूल ९९ लाख ५० हजार खर्च हुने अनुमान गरिएको थियो ।

खर्च अनुमान गरिएपनि हालसम्म कति खर्च भयो भन्नेबारे सार्वजनिक गरिएन । एक सय ३० वटा स्टल राखिएको उक्त एक्स्पोमा दुई करोड बढीको कारोबार भएको आयोजकले दाबी गरेको थियो । यसबारे बुझ्नका लागि पटकपटक सुनसरी उवासंघका अध्यक्ष विजय श्रेष्ठलाई सम्पर्क गरेपनि उनको फोन उठेन ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा गत वर्ष फागुनमा धरानमा आयोजित ‘धरान एक्सपो’।

स्रोतका अनुसार गत वर्ष गरिएको एक्स्पोको खर्च साधारणसभाबाट पास गरिएको दाबी गरिएपनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । जसले गर्दा जनमानसले त्यसबारे सूचना हालसम्म पाएको छैन ।

गत वर्षको खर्च हालसम्म सार्वजनिक नगरिएपनि पुनः धरान एक्स्पो २०८० फागुन ११ गतेबाटै गर्ने तयारी गरिएको छ ।

उदाहरण ४ : २०७९ चैत ४ गतेदेखि इटहरीमा १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको आयोजना भयो ।

राष्ट्रिय जागृति क्लब (राजा) इटहरीको आयोजनामा इटहरी रंगशालामा भएको गोल्डकपमा कूल ७० लाख ५० हजार खर्च हुने अनुमान गरिएको थियो ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार प्रतियोगितामा देशबाहिरकासहित गरी आठ वटा टिम सहभागी थिए । क्लबले यस वर्षपनि गोल्डकपको तयारी थालेको बताइन्छ । तर, हालसम्म पनि अघिल्लो वर्षको खर्च सार्वजनिक गरिएको छैन ।

१३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपबारे जानकारी दिन इटहरीमा आयोजित पत्रकार सम्मेलन।

डुम्जनले खर्चको हिसाब निकालिएको र अब गर्ने फुटबलबारे जानकारी दिने क्रममा सार्वजनिक गर्ने बताए । ‘अब एकैपटक सार्वजनिक गर्छौँ । हिसाब सबै निकालिएको छ,’ उनले भने, ‘अब अर्को गोल्डकप चैततिर हुन्छ । त्यसैबेला पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौँ ।’

क्लबले अघिल्ला वर्षहरूमा गरेको गोल्डकपको पनि हालसम्म खर्च सार्वजनिक गरेको छैन ।

उदाहरण ५ : इटहरीमा २०८० असोज २० गतेदेखि १५ दिनसम्म सांस्कृतिक पर्यटन महोत्सव सञ्चालन भयो ।

स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्नका लागि महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइएपनि महोत्सवको नाममा राष्ट्रियस्तरका कलाकारलाई मात्रै ल्याएर आयोजकले ‘सांस्कृतिक महोत्सव गरेजस्तो’ ग¥यो ।

विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गरेको उक्त कार्यक्रममा कूल ५७ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष विशुधन राईले बताएका थिए । तर, हालसम्म उक्त कार्यक्रमको आय, व्यय सार्वजनिक गरिएको छैन । अध्यक्ष राईले करिब ३८ लाख खर्च भएको बताए ।

इटहरीमा आयोजना गरिएको सांस्कृतिक पर्यटन महोत्सव ।

उनले भने, ‘करिब ३८ लाखजति खर्च आयो । ठ्याक्कै खर्च चैँ म उपलब्ध गराउँछु नि ।’ उनले खर्च विवरण सार्वजनिक नगरिएको स्वीकार गरे ।

माथि उल्लेख गरिएका पाँचवटा उदाहरण प्रतिनिधि मात्र हुन् । प्रायजसोः कार्यक्रम आयोजना गरिने भएपनि त्यसको खर्च सार्वजनिक नहुँदा समाजप्रतिको जवाफदेहीतामाथि नै प्रश्न उठ्दै आएको छ ।

कार्यक्रम आयोजना हुनुअघि पत्रकार सम्मेलनमा आय, व्ययबारे जानकारी दिइने, तर कार्यक्रम सकिएपछि भने आय, व्यय गुपचुप राख्ने प्रवित्तिले गर्दा हरेकजसो कार्यक्रमका आयोजकमाथि नै ‘कमाउधन्दा’का लागि मात्रै कार्यक्रम आयोजना गरेकोजस्तो देखिने आरोपसमेत लाग्दै आएको छ ।

नागरिक समाज इटहरीका पूर्व अध्यक्षसमेत रहेका बुद्धिजीवी कमलेश पौडेल भन्छन्, ‘विभिन्न खालका कार्यक्रम सार्वजनिक रूपमा गरिएको हुन्छ । ती कार्यक्रम गर्न आर्थिक सहयोग संकलन गरिन्छ । तर, आय, व्यय सार्वजनिक गरेको विरलै पाइन्छ । यो भनेको समाजप्रति जवाफदेही नहुनु हो ।’

समाजप्रति जवाफदेही हुनका निम्ति नेपालमै यो किसिमको संस्कार नभएको उनले बताए । ‘एक भनेको संस्कार नभएर हो । अर्को आर्थिक लाभ गरौं भनेर पनि हुन्छ,’ उनले भने, ‘सार्वजनिक रूपले सहयोग उठाएर गरिएको कार्यक्रमका आयोजक समाजप्रति जवाफदेही बन्नुपर्छ ।’

कार्यक्रम गरेको केही महिना, वर्षमात्रै नभएर कहिल्यै सार्वजनिक नगर्ने प्रवृत्ति गलत रहेको उनको टिप्पणी छ ।

‘हामीकहाँ सामाजिक जवाफदेहीताको अभ्यास नै छैन । हामीले सहयोग गरेका थियौँ भनेर दिनेले पनि सोधीखोजी गर्दैन । लिनेले त गर्ने कुरौ भएन,’ पौडेलले भने, ‘हाम्रोजस्तो मुलुकमा यो सामान्य मानिन्छ । अरु देशमा त केही आरोप लाग्दा मात्र राजीनामा दिने चलन छ ।’

Tags: खर्च विवरणजवाफदेहीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
FEATURE BREAKING

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

by रासस
बैशाख १७, २०८३
0

झापा : कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक...

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३
इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

बैशाख १७, २०८३
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1507 shares
    Share 603 Tweet 377
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    647 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.