Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङमा पनि बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ५, २०८१
in समाचार
0
78
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमअन्तर्गत जिल्लाका सात हजार सातसय १३ बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मका बालबालिकालाई जेठ १३ गतेदेखि देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने सरकारको निर्धारित कार्यक्रमअन्तर्गत खोटाङमा पनि खोप कार्यक्रम तय गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई हजार एक सय १२ तथा हलेसी तुवाचुङ नगरपालिकाका एक हजार दुई सय ४८ बालबालिकालाई आइपिभी खोप लगाउने तयारी गरिएको जनाइएको छ । केपिलासगढी गाउँपालिकाका पाँच सय ८९, ऐँसेलुखर्कका पाँच सय ५७, रावाबेँसीका चार सय ४३, साकेलाका चार सय ४९, दिप्रुङ चुइचुम्माका छ सय ९५, खोटेहाङका छ सय ८८, जन्तेढुङ्गाका पाँच सय नौ र बराहपोखरी गाउँपालिकाका चार सय २३ बालबालिकालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यही जेठ १३ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमका लागि जिल्लामा दुई सय ५७ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिए । खोप कार्यक्रमका लागि हरेक खोप केन्द्रमा एक/एक स्वास्थ्यकर्मी तथा दुई/दुई महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्धारित कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले जानकारी दिए ।

“विसं २०७३ वैशाखदेखि विसं २०७५ असोज मसान्तसम्मको अवधिमा पोलियो खोप कार्यक्रम थिएन, सरकारले ती छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो”, उनले भने, “यसअघि खोप लगाएकाले पुनः लगाउनु पर्दैन, पोलियो थोपा खुवाइरहेका बालबालिकालाई खोप लगाउन पर्दैन कि भन्ने हुनसक्छ, खोप र पोलियो थोपा फरक हो, पोलियो थोपा खुवाइरहेकालाई पनि खोप लगाउनुपर्छ ।”

पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४८ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए । प्रत्येक वडामा तीन÷तीन दिन खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

नगरपालिकाले शुक्रबार नगर खोप समन्वय समितिका पदाधिकारी तथा सरोकारवाला निकायसँग पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमसम्बन्धी अन्तरक्रियासमेत आयोजना गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागीले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने सरकारको रणनीतिक योजना रहेको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मको अवधिमा देशभर गरी छुटेका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ ।

पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।

Tags: #खोटाङ#राससखोप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग
FEATURE BREAKING

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

by रासस
जेष्ठ २१, २०८३
0

झापा : प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको...

विविध

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

by रासस
जेष्ठ २१, २०८३
0

झापा : विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसाबाट प्रभावित हुनेलाई सेवा प्रदान गर्नका लागि दुई वटा वडामा ‘सुरक्षित कक्ष...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३
मोरङको बेतना सिमसारमा अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला

प्लास्टिक फोहर र मानवीय गतिविधिले संकटमा ‘ब्लाक सफ्टसेल’ कछुवा

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.