इटहरी : सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो १ बजे सार्वजनिक गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने छन् ।
पुनले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब रुपैयाँको बजेटको सिलिङ राष्ट्रिय योजना आयोगबाट पाएका छन् । कांग्रेसको अवरोधका बीच जेठ १३ गते प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।
संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सभामुख घिमिरेले बैठकमा सहभागीताका लागि पौने १ बजेभित्र संसद भवन प्रवेश गरिसक्नुपर्ने सांसदहरूलाई अनुरोध गरेका छन् ।
बजेट भाषणपछि अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्ने सभामुखले जानकारी गराएका थिए । चालु आर्थिक वर्षको हालसम्म करिब ६३ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।














Discussion about this post