धरान : आगामी भाद्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वर वधू’ को पहिलो गीत रिलिज भएको छ ।
लेखु सहयात्रीको शब्द, अर्जुन पोखरेलको संगीत, प्रताप दास र अन्जु पन्तको आवाज रहेको ‘तिमीसँग’ बोलको गीत आइतबार ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको हो ।
रिलिज भएको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोमनियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको ‘वर वधू’ को यो गीत पनि रोमनियामै छायांकन गरिएको हो ।
रिलिज भिडियोमा आचल शर्मा र विवेक कर्माचार्यको जोडी देखिन्छ । गीतमा उनीहरूको केमेस्ट्री मिलेको छ ।
एलआरके प्रोडक्शनको ब्यारनमा निर्माण भएको ‘वर वधू’ मा प्रदीप भारद्वाजको कथा, निर्देशक मिलन चाम्सको निर्देशन रहेको छ । चलचित्रको निर्माता जानुमा थापा र कार्यकारी निर्माता अमित रिजाल हुन् ।
नेपाल र रोमानियाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रलाई रवीन्द्र न्यौपाने र अनिष स्याङ्देनले खिचेका हुन् भने डिओपी सुदीप बराल हुन् ।
भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ। गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
भिडियो
Discussion about this post