Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

तरहरामा बिहीबारदेखि फुटसल प्रतियोगिता, विजेताले एक लाख पाउने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८१
in खेलकुद, समाचार
0
तरहरामा बिहीबारदेखि फुटसल प्रतियोगिता, विजेताले एक लाख पाउने
263
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा बिहीबारदेखि फुटसल प्रतियोगिता हुने भएको छ । दुईदिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी आयोजक मर्निङ फुटसल क्लब तरहराले प्रतियोगिताबारे जानकारी दिएको हो । कुल २६ टिम सहभागी रहेको र राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिने आयोजक कमिटिका अध्यक्ष चन्द्रकाजी गुरुङ (कालु)ले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले क्रमशः नगद एक लाख र पचास हजार प्राप्त गर्नेछन् । यसैगरी बेस्ट गोल किप्पर र सर्वाधिक गोलकर्ताले नगद पाँच हजारसहित मेडल प्राप्त गर्ने उनले बताए ।

स्वास्थ्यमा सचेत हुनसँगै यहाँका युवाहरूलाई कुलतमुक्त बनाउनका निम्ति उक्त प्रतियोगिता आयोजना गर्न लागेको उनको भनाइ छ ।

खेल संयोजक सन्तोष श्रेष्ठले प्रतियोगिताबाट बचेको रकमले तरहराको पानीपियास्थित शव दाह गृह नजिकै खानेपानीको धारा जडान गरिनेछ ।

‘हामीले एक लाख बराबरको धारा जडान गर्ने लक्ष्य लिएका छौँ,’ श्रेष्ठले भने, ‘प्रतियोगिताबाट उब्रिएको रकमले खानेपानीको धारा जडान गर्दा मलामीका लागि धेरै सहज हुनेछ ।’ यस क्षेत्रमा आउने मलामीजनका लागि खानेपानीको धाराले सहज हुने र इटहरी–धरानको बाटोमा यात्रा गर्नेहरूलाई पनि उक्त धारामा पानी पिउने मिल्ने उनको भनाइ छ ।

यसअघि तरहरामा वडास्तरीय प्रतियोगिता भएपनि यस वर्ष आफूहरूले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेको श्रेष्ठको भनाइ छ । उनका अनुसार प्रतियोगितामा कुल तीन लाख पचास हजार खर्चको अनुमान गरिएको छ ।

बिहीबार बिहान ७ बजे उद्घाटन हुने प्रतियोगिताको समापन शुक्रबार दिउँसो हुने तयारी छ । कुल २० मिनेटको प्रतियोगितामा सुनसरी, मोरङ, झापा र काठमाडौँबाट खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ ।

साथै, उक्त प्रतियोगिताको अवसर पारेर खेलकुदको माध्यमबाट तरहरालाई देशव्यापी रूपमा चिनाउन भूमिका खेल्ने खेलाडीहरूलाई सम्मानसमेत गरिनेछ ।

तेक्वान्दो प्रशिक्षक कुमार गुरुङ, सितोरियो कराते प्रशिक्षक मनकुमार राई, म्याराथुन धावक मीनकुमार खवास, साफ गोल्ड मेडलिस्ट कन्याम लिम्बू र तेक्वान्दो खेलमा स्वर्ण पदक विजेता सुशीला राईलाई सम्मान गरिने संयोजक श्रेष्ठले बताए ।

Tags: #तरहराफुटसलसन्तोष श्रेष्ठ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1013 shares
    Share 405 Tweet 253
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.