इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्वाग्रही ढङ्गले नेपाली काँग्रेसका उप–सभापति विजयकुमार गच्छदार बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको विषयमा आपत्ती जनाउदै तरुण दल सुनसरीले विरोध प्रदर्शनलाई जारी राखेको छ ।
बराहक्षेत्र नगरबाट बिरोध स्वरुप राँके जुलुस प्रदर्शन गरेको तरुण दल सुनसरीले नेता गच्छदारको गृहनगर सुनसरीको दुहबीमा विशाल राँके जुलुस र कोणसभा गरि अख्तियारको निर्णय फिर्ता लिन दबाब दिएको छ ।
तरुण दल सुनसरीको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा दुहबिका विभिन्न बाईपास सडकबाट एकैसाथ हजारौंको संख्यामा काँग्रेस कार्यकर्ता,तरुण नेता तथा कार्यकर्ता र गच्छदार समर्थकहरुको राँके जुलुसमा उपस्थिती रहेको थियो । राँके जुलुस सहितको प्रदर्शन पुनःदुहबीको मुख्य चोकमा आई कोण सभामा परिणत भएको थियो ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post