इटहरी : धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर तोकिएका लोकेन्द्रकुमार फागोले अदालतको आदेश अवज्ञा गरेका छन् ।
उपमेयर हुँदाहुँदै मेयर हर्क साम्पाङले धरान ११ का वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
कार्यवाहकको जिम्मेवारी दिएपनि उच्च अदालत विराटनगरले आइतबार उनलाई जिम्मेवारी कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।
उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएपनि फागोले सोमबार (आज) पनि कार्यवाहककै हकमा काम कारबाही गरेका छन् । उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका हुन् ।
यता, वडाध्यक्ष फागोले भने प्रमुखविहीन हुन नहुने भन्दै कार्यवाहकको काम गरेको बताए । यद्यपि, अदालतबाट पत्र आफूलाई प्राप्त भएपछि मात्रै काम नगर्ने बताए । उनले भने, ‘प्रमुख विहीन हुँदा जनताले दुःख पाउँछन् भनेर कार्यवाहक रहेको हुँ ।’
अदालतको आज्ञा पालना नगरी अवज्ञा गरेमा अदालतको अवहेलना हुने कानुन व्यवसायीहरूको तर्क छ ।
अदालतको आदेश अवज्ञा गरेमा न्याय प्रशासन ऐनको दफा ७२ को २, ४, १८ मुलुकी अपराध संहिता र ऐनको ८७, ८८ मुलुकी फौजदारी संहिता दफा ५५ को १ (क) बमोजिम निजलाई सजाय वा जरिवाना दुवै आकर्षित हुने जानकारहरू बताउँछन् । मुद्दाको अर्को सुनुवाइ मंगलबार हुनेछ ।
यो पनि – हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएकोबारे उच्च अदालतले दियो अल्पकालीन आदेश
यो पनि – धरानका मेयर हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि चौतर्फी आलोचना, ६ दलले जनाए विरोध
यो पनि – धरानका मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मेवारी
Discussion about this post