Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानका मेयर हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि चौतर्फी आलोचना, ६ दलले जनाए विरोध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८१
in टाकुरा विशेष, समाचार
0
धरानका मेयर हर्क साम्पाङको कार्यशैलीविरुद्व पत्रकार महासंघ सुनसरीले चरणबद्व आन्दोलन गर्ने
165
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपमेयर आइन्द्रविक्रम बेघा हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि चौतर्फी आलोचना सुरु भएको छ ।

आफू बेलायत जाने भएपछि मेयर साम्पाङले २३ असोजबाट लागू हुनेगरी धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ । तर, मेयर साम्पाङले कानुनको धज्जी उडाउँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि चौतर्फी आलोचना भएको हो ।

यसैबीच यहाँका ६ वटा राजनीतिक दलले यसबारे विरोध जनाएका छन् । बुधबार (आज) ६ राजनीतिक दलले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

नेकपा एमालेका नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुव लिम्बू, नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष रेवतरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति राम कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक नरेश शाक्यले संयुक्त विज्ञप्ति जारी गर्दै उपप्रमुख स्वतः कार्यवाहक प्रमुख हुने ऐनको व्यवस्था रहेको दाबी गरेका हुन् ।

‘धरान उपमहानगरपालिकाका नगर प्रमुख श्री हर्कराज राई केही समयका लागि धरान बाहिर जाने क्रममा गैरकानुनी रूपमा ११ नं. वडाध्यक्ष श्री लोकेन्द्र फागोलाई कार्यवाहक पत्र थमाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १६ को उपदफा ४ क १२ मा ‘सात दिन भन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकामा नगर प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’

ऐनमा भएको उपप्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैरकानूनी रूपमा वडाध्यक्षलाई कार्यवाहक दिइएको विज्ञप्तिमा उल्लेख छ ।

भनिएको छ, ‘ऐनले व्यवस्था गरेको उप प्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैरकानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमामाथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै नीच कार्य गरेको हाम्रो ठहर छ ।’

नगर प्रमुखको तहबाट गैरकानुनी र अराजक गतिविधिहरू नगर्न सचेतसमेत गराइएको छ ।

Tags: #धरान#धरान उपमहानगरपालिकाआलोचनाटाकुरा विशेषहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ
FEATURE BREAKING

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

इटहरी । पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
FEATURE BREAKING

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.