गाउँमा दिउँसै स्याल कराउन थाले,
पुराना चहलपहल हुने बाटाहरू सुनसान भए ।
जहाँ घन्किन्थ्यो जहिले गोठालाहरूको हाँसो,
अब सन्नाटाको आवाज मात्र गुञ्जिन्छ ।
कता हराए होलान् ती मान्छेहरू ?
जुन हातले बनायो थियो यो गाउँको आकार ।
कता हराए होलान् ती सपना र संघर्षहरू ?
जुन मुटुमा थियो देश र यो गाउँप्रतिको अगाध प्रेम ।
स्याल कराउनु मात्र होइन संकेत,
एउटा कालो बादलको आगमन हो जस्तो,
कहिले उठ्छन् यो भूमि फेरि गर्वले,
कहिले मुस्कान फेरि आउँछ गाउँले पहिलेजस्तो ।
कृषकका हातहरू आज बिछडिएका छन्,
कृष्णपक्षको चन्द्रमा झैँ यो गाउँ लुटिएको छ ।
दिउँसै अँध्यारो छ, भविष्यको बाटो खतरामा छ,
स्याल कराउँदै छन्, बस्तीभित्रको आँगनीमा ।
यथार्थको चिसो हावाले छिचोल्छ
तर
आशा छ
कसैले सिङ्गो गाउँलाई फेरि जगाउँछ ।
मान्छेको स्वर फेरि गाउँमा उठ्छ ।
खोटेहाङ ७, खोटाङ बजार














Discussion about this post