झापा : सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका ५ देवीवस्तीका शम्भु सहनी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
घाइते भएका उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post