इटहरी : सुनसरीको रामधुनीमा गाडीको ठक्करबाट सफारी चालकको मृत्यु भएको छ ।
मंगलबार (आज) दिउँसो करिब १ः३० बजेतिर युपी १६ इके १९८९ नम्बरको भारतीय थार गाडीले प्रदेश १–०२००४ ह ४३१५ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा रामधुनी नगरपालिका–९ मर्चैयाकी अन्दाजी ३० वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाका अनुसार झुम्का बजार नजिकै क्षेत्रीय कृषि तालिम केन्द्र अगाडि दुर्घटना भएको हो ।
उनका अनुसार ठक्कर दिने गाडी र चालक भारत विहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुदी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post