Sunday, June 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मेयर कोइरालाको उपस्थितिमा मन्टेश्वरीका लागि सम्झौता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०८१
in समाचार
0
मेयर कोइरालाको उपस्थितिमा मन्टेश्वरीका लागि सम्झौता
65
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर-८ स्थित सुशिक्षा निकेतनमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा भौतिक निर्माण गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ ।

विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल-५ बीच सम्झौता भएको हो । वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चित्र पोखरेल र राउण्ड टेवलका तर्फबाट अध्यक्ष पियुष लुनिया र सचिव राजन भगतले हस्ताक्षर गरे ।

१५ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ८ नम्बर वडाले २५ प्रतिशत र बाँकी रकम राउण्ड टेवल-५ ले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

भौतिक संरचना निर्माणका लागि राउण्ड टेवलले १३ लाख रुपैयाँले व्यहोर्नेछ । एक महिनाभित्र निर्माण सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरिने र राउण्ड टेवल-५ का अध्यक्ष पियुष लुनियाले जानकारी दिए । राउण्ड टेवलले सो विद्यालयको बगैंचा निर्माण र रंगरोगनसमेत गर्नेछ ।

कार्यक्रममा मेयर कोइरालाले सबैको सहकार्य र सहयोगले भावीपुस्ताले गर्व गर्न लायक विराटनगर बनाउन सकिने उल्लेख गरे । विराटनगरको विकासका लागि थुप्रै क्षेत्रमा साझेदारी गर्न सकिने उनको भनाइ थियो ।

वडाध्यक्ष पोखरेलले अन्य विद्यालयमा पनि मन्टेश्वरी सञ्चालन, शौचालय, पार्क निर्माणलगायतका विषयमा साझेदारी गर्ने योजना रहेको बताए ।

यसअघि विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब, कक्षाकोठालगायत निर्माण गरेको थियो । त्यस्तै सो विद्यालयका विद्यार्थीलाई पोशाक वितरणसँगै खाजाको समेत व्यवस्था मिलाउँदै आएको छ ।

विद्यालयका १२ जना विद्यार्थी काठमाडौं घुमाउने योजनासमेत सचिव भगतले बताए । विद्यार्थीलाई हवाई जहाजबाट लाने र ल्याउने व्यवस्था मिलाइनेछ ।

Tags: #विराटनगरसम्झौता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज
समाचार

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

by रासस
जेष्ठ २४, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.