विराटनगर : कोशी प्रदेशमा स्वास्थ्यसँग सम्बन्धी छुट्टै ऐन बनाइने भएको छ ।
स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यसाथ प्रदेश सरकारले छुट्टै ऐन निर्माण गर्ने भएको हो ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छुट्टै ऐन बनाउनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको प्रवक्ता भूपेन्द्र राईले जानकारी दिए ।
भौतिक पूर्वाधार विकासमन्त्री तथा स्वास्थ्य मन्त्रीसमेत रहेका राईले मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिँदै प्रदेशमा स्वास्थ्य सम्बन्धी छुट्टै ऐन बनाउन आवश्यक देखिएको बताए ।
सरकारले उद्योग कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान (तेस्रो संशोधन) नियमावली २०८१ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको राईले बताए ।
यसैगरी बैठकले आयुर्वेद चिकित्सा सेवा तथा जडीबुटी सेवा शिक्षा तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्ययोजना तर्जुमा कार्यदल, २०८१ को समयावधि एक महिना थप गर्ने निर्णय गरेको छ ।
Discussion about this post