इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४, बसचोक क्षेत्रबाट लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।
बिहीबार (आज) दिउँसो १२ः३० बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा इटहरी उपमहानगरपालिका–२ का २३ वर्षीय शिशिर भट्टराईलाई पक्राउ गरेको हो।
पश्चिमबाट पूर्वतर्फ पैदल आइरहेका भट्टराईलाई शंका लागेर जाँच गर्दा उनले मलद्वारमा लुकाई ल्याएको अवस्थामा ८.४ ग्राम (आठ ग्राम चार सय मिलिग्राम) ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको जनाएको छ।
पक्राउ परेका उनीविरूद्ध लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सुनसरी प्रहरीको भनाइ छ।














Discussion about this post