इटहरी : नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले इटहरीमा विशेष अफरसहितको “टिभिएस एक्सचेञ्ज म्यानिया” सञ्चालनमा ल्याउने भएको छ।
इटहरीको पश्चिम लाइनस्थित राजस्व ढाट नजिकै आयोजना हुने उक्त कार्यक्रम यही साउन ४ गते आइतबारदेखि ९ गते शुक्रबारसम्म सञ्चालन हुनेछ।
पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार जुनसुकै कम्पनीको पुरानो बाइक ल्याएर ग्राहकले नयाँ टिभिएस बाइक वा स्कुटरमा न्यूनतम ३० हजार मूल्याङ्कन पाउने छन्।
त्यसैमा थप आठ हजारसम्म छुट, र शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता विशेष सुविधा प्राप्त हुने उनले बताए।
कार्यक्रममा सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेजहरू पनि प्रदान गरिनेछ।
पुराना सवारीहरूको मूल्याङ्कनका लागि १० भन्दा बढी अनुभवी भ्यालुएटर रहनेछन्। मूल्याङ्कन प्रक्रिया पारदर्शी र यथार्थपूर्ण हुने भन्दै आयोजकले पूर्वमै सर्वाधिक मूल्य दिने दाबी गरेका छन्।
हाल नेपाली बजारमा टिभिएसका २३ मोडेल उपलब्ध छन्। इटहरी, धरान, इनरुवा, दुहबी लगायत पूर्वी क्षेत्रका ग्राहकहरूका लागि यो अफर उपयोगी अवसर भएको आयोजकले जनाएको छ।













Discussion about this post