इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–६ स्थित हलेशी चोकमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्गमा चेकजाँचका क्रममा मोटरसाइकल रोकेर बसेका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका–८ का ३४ वर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादव रहेका छन्।
उनीहरू सवार को ३३ प ३१४९ नम्बरको मोटरसाइकललाई खानतलासी गर्दा अशोकको साथबाट ब्राउनसुगर ४१.४४ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोहमदको साथबाट ट्रमाडोल ५० नामक ३,५५० क्याप्सुल र Spasmo Proxyvon Plus नामक १४४ क्याप्सुल फेला परेको हो।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ। नेपाली शब्दमा














Discussion about this post