इटहरी : जगदम्बा मोटर्स प्रा.लि.द्वारा इटहरीमा सञ्चालन रहेको “टिभिएस एक्सचेञ्ज म्यानिया”मा एक सय ३३ वटा नयाँ बाइक बिक्री भएका छन् भने एक सय ७ वटा पुराना बाइक एक्सचेञ्ज भएका छन्।
साउन ४ गतेदेखि सुरु भएको म्यानिया बुधबार (साउन १४)सम्म रहनेछ। यस अवधिमा शून्य ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटजस्ता आकर्षक सुविधा उपलब्ध छन्।
साथै, १० जना अनुभवी भ्यालुएटरले जुनसुकै ब्रान्डका पुराना बाइकलाई उच्च मूल्याङ्कन गर्दै आएका छन्।
पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार सहज प्रक्रिया र लाभदायी अफरका कारण ग्राहकको चाप दिनहुँ बढिरहेको छ।
जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक अमित चौहानले जुनसुकै ब्रान्डका बाइक ल्याए पनि उच्च मूल्याङ्कन र छुटसहित नयाँ बाइक खरिद गर्न सकिने व्यवस्था गरिएको बताए। हाल टिभिएसका २३ मोडेल बजारमा उपलब्ध छन्।













Discussion about this post