Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ, २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८२
in टाकुरा विशेष, समाचार
0
कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ, २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा
114
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका तीन जिल्ला सुनसरी, मोरङ र झापामा ट्रान्सफर्मर चोरी गर्दै आएका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार पत्रकार सम्मेलन गरी २२ वटा ट्रान्सफर्मर चोरीमा संलग्न रहेकाहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पछिल्लो माघ १५ गतेदेखि मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २ स्थानमा ट्रान्सफर्मर चोरी भएका थिए ।

प्रहरीले ट्रान्सफर्मरभित्रको तामा निकालेर बिक्री गर्दै आएका गिरोहका सदस्यहरूलाई निगरानीपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङको ग्रामथान–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी–२ का ३९ वर्षीय प्रयागकुमार खाँ चौधरी, मोरङ बेलबारी–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भई दुहबी–४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँ छन् ।

त्यस्तै चोरी गरिएको तामाको तार किन्ने आरोपमा विराटनगर महानगरपालिका–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी–४ का ३९ वर्षीय सीताराम राईलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी ईश्वर कार्कीका अनुसार पक्राउ परेका अभियुक्तहरूले करिब दुई करोड रुपैयाँ बराबरका ट्रान्सफर्मर चोरी गरेका थिए ।

चोरीमा प्रयोग गरिएका २२ थान डायल रेन्च, ३ थान सलाई रेन्च, ३ थान पिलास, ३ थान पेचकस, १ थान छिनो, १ थान साङली, १ थान कैची र ३ थान ह्याक्सो ब्लेड बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसबाहेक १ वटा पिकअप गाडी र ५ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । पिकअप गाडी को १ च ७७२९ र मोटरसाइकलहरू प्रदेश १–०२–०५० प ७०९५, प्रदेश १–०२–०५६ प ५५८०, को २ प ९२९०, प्रदेश १–०२–०५० प ३०४९ र को २९ प ४५४४ नम्बरका छन् ।

डिआइजी कार्कीका अनुसार साउन ९ गते मात्रै मोरङको रंगेली नगरपालिका–९ स्थित इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका अर्जुनकुमार माझी पक्राउ परेपछि अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा गिरोहको संलग्नता रहेको पुष्टि भएको हो । जसअनुसार मोरङ, सुनसरी र झापा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै प्रदेश प्रहरीको विशेष टोली खटिएको थियो ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Tags: #पक्राउटाकुरा विशेषट्रान्सफर्मर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1345 shares
    Share 538 Tweet 336
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    436 shares
    Share 174 Tweet 109
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.