Monday, November 17, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रासस by रासस
साउन २६, २०८२
in विविध, समाचार
0
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
63
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोक मार्गअन्तर्गत जयराम–हलेसी सडक खण्ड अवरुद्ध भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने/आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबिच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बिच सडकमै अलपत्र परेका छन् ।

करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल) बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।

पहिरोका कारण जयराम–हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् ।

साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको सङ्ख्या पनि बढी हुने अवस्थामा च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

‘जयराम–हलेसी सडक खण्डमा ठुलो पहिरो जाँदा धेरै तीर्थालु ‘बी’ सडकमै अलपत्र परेका छन् । उनीहरूलाई उद्धार गर्न सबै संयन्त्र परिचालन गरिएको छ’, उनले भने, ‘लगातारको वर्षा नरोकिँदा सम्भव भएको छैन । बेलुकासम्ममा पुनः सञ्चालनमा ल्याउनेगरी पहिरो हटाउने काम भइरहेको छ ।’

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण आज बिहान ८ बजेर करिब १० मिनेट जाँदा च्यास्मिटारमा पहिरो खसेको प्रहरीले जनाएको छ । च्यास्मिटारमा खसेको पहिरोले दाम्ली–डिकुवा सडकसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

अवरुद्ध सडक खुलाउन हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

‘पहिरो ठुलो छ । सडकमा थुप्रिएको ढुङ्गा, माटो तथा रुखहरू हटाउने प्रयास भइरहेको छ’, उनले भने, ‘अवरुद्ध सडक तत्कालै खुलाउन सकिने अवस्था छैन । यद्यपि, प्रयास जारी छ । यात्रा गर्नेहरूले जानकारी लिएर मात्र यात्रा गर्नुहोला ।’

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिना दिनसम्म बोलबम मेला लाग्ने गर्दछ । बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चीन, भुटानलगायतका नागरिकसमेत आउने गरेका छन् ।

Tags: #खोटाङ#राससअवरुद्ध
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी
समाचार

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८२
0

इटहरी : धार्मिक तथा पर्यटकीय सम्भावना बेहोरेको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापना गरिएको १०८...

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?
समाचार

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८२
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सडकछेउमा सोमबार बिहान बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको अभिभावक पहिचान गर्न प्रहरीले खोजी...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

‘अटो’ दुर्घटनामा परी एकको मृत्यु

मंसिर १, २०८२
लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

मंसिर १, २०८२
इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

मंसिर १, २०८२
एनपीएल सुरु, उद्घाटन खेलमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

एनपीएल सुरु, उद्घाटन खेलमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

मंसिर १, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

मंसिर १, २०८२
सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

मंसिर १, २०८२
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

‘अटो’ दुर्घटनामा परी एकको मृत्यु

मंसिर १, २०८२
लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

मंसिर १, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    344 shares
    Share 138 Tweet 86
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2626 shares
    Share 1050 Tweet 657

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.