Tuesday, June 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रासस by रासस
साउन २६, २०८२
in विविध, समाचार
0
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
67
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोक मार्गअन्तर्गत जयराम–हलेसी सडक खण्ड अवरुद्ध भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने/आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबिच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बिच सडकमै अलपत्र परेका छन् ।

करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल) बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।

पहिरोका कारण जयराम–हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् ।

साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको सङ्ख्या पनि बढी हुने अवस्थामा च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

‘जयराम–हलेसी सडक खण्डमा ठुलो पहिरो जाँदा धेरै तीर्थालु ‘बी’ सडकमै अलपत्र परेका छन् । उनीहरूलाई उद्धार गर्न सबै संयन्त्र परिचालन गरिएको छ’, उनले भने, ‘लगातारको वर्षा नरोकिँदा सम्भव भएको छैन । बेलुकासम्ममा पुनः सञ्चालनमा ल्याउनेगरी पहिरो हटाउने काम भइरहेको छ ।’

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण आज बिहान ८ बजेर करिब १० मिनेट जाँदा च्यास्मिटारमा पहिरो खसेको प्रहरीले जनाएको छ । च्यास्मिटारमा खसेको पहिरोले दाम्ली–डिकुवा सडकसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

अवरुद्ध सडक खुलाउन हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

‘पहिरो ठुलो छ । सडकमा थुप्रिएको ढुङ्गा, माटो तथा रुखहरू हटाउने प्रयास भइरहेको छ’, उनले भने, ‘अवरुद्ध सडक तत्कालै खुलाउन सकिने अवस्था छैन । यद्यपि, प्रयास जारी छ । यात्रा गर्नेहरूले जानकारी लिएर मात्र यात्रा गर्नुहोला ।’

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिना दिनसम्म बोलबम मेला लाग्ने गर्दछ । बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चीन, भुटानलगायतका नागरिकसमेत आउने गरेका छन् ।

Tags: #खोटाङ#राससअवरुद्ध
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन
FEATURE BREAKING

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

by टाकुरा न्यूज । इटहरी
असार ८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।...

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता
विविध

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

by रासस
असार ८, २०८३
0

झापा : मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ...

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

असार ८, २०८३
विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३
हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

असार ८, २०८३
बाढीपहिरोका कारण कोशी प्रदेशका ५ जिल्लाका सडक अवरुद्ध, केहीमा वैकल्पिक मार्ग सञ्चालन

अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभामा तीन परिवार विस्थापित

असार ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

असार ८, २०८३
छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

असार ८, २०८३
गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

असार ८, २०८३
विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.