इटहरी : जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एकजनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या दुई पुगेको छ।
मृतकहरूको पहिचान खुल्न सकेको छैन । तर प्रारम्भिक विवरण अनुसार उनीहरू करिब २५–२६ वर्षका हुन्।
घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।
खासगरी इटहरी उपमहानगरमा आगजनी भएपछि प्रर्दशनकारीहरू इलाका प्रहरी कार्यालय गएका थिए ।
सो क्रममा प्रहरीले गोली चलाएको थियो । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले चलाएको गोली युुवकको छाती र घाँटीमा लागेको थियो ।
आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन्। घाइतेहरूको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रशासनका अनुसार, इटहरीमा भइरहेको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले उपमहानगर कार्यालयमा आगजनी र तोडफोड समेत गरेका छन्।














Discussion about this post