निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली)को नतिजा सार्वजनिक गरिसक्ने दाबी गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद छिटोभन्दा छिटो मतपेटिका संकलन गरी परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढाइनेछ र त्यसको नतिजा पनि यथाशीघ्र सार्वजनिक गरिनेछ।
भण्डारीले पहाडी तथा हिमाली क्षेत्रबाट मतपेटिका संकलन गर्न समय लाग्ने उल्लेख गर्दै अधिकांश दुर्गम स्थानबाट नेपाली सेना को हेलिकोप्टरमार्फत मतपेटिका ल्याइने बताए।
आयोगले गरेको प्रतिबद्धता कति पूरा हुन्छ भन्ने विषयमा सञ्चारकर्मी तथा सरोकारवालालाई निगरानी गर्न आग्रह गर्दै उनले पारदर्शिता र विश्वसनीयता कायम राख्ने प्रतिबद्धता दोहोर्याए।
आयोगले छिटो, पारदर्शी र विश्वसनीय ढंगले मत परिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।














Discussion about this post