इटहरीमा मध्यरातमा चोरी भएको छ ।
पछिल्लो समय चाडबाड नजिकिएसँगै इटहरीमा चोरीको घटना बढ्न थालेको हो ।
हिजो मध्यरातमा इटहरीका व्यापारी शैलेस बिष्टको पसलमा चोरी भएको हो ।
इटहरी स्थित पूर्वी पृतना हेडक्वाटर अगाडि ब्यापारी बिष्टको गोदामको ११ फिट अग्लो गेट तोड्दै अफिस कोठाको छतको जिप्सन बोर्ड तोडेर २० हजार नगद चोरी भएको हो ।
पछिल्लो समय चाडबाडका कारण चोरीको घटना बढ्ने भन्दै व्यापारीलाई सचेत रहन बिष्टले आग्रह गरेका छन् ।
Discussion about this post