इनरुवा : सुनसरीको इनरुवा नगरपालिका ४ बसपार्क चौक स्थितबाट एक सय ९७ ग्राम ६ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इनरुवा नगरपालिका ४ का ३३ वर्षीय कृष्ण कुमार मेहताको साथबाट एक सय ९७ ग्राम ६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
ब्राउनसुगरसहित पक्राउ परेका मेहतामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post