इटहरी : सुनसरीको बर्जु गाउँपालिका–४ टावरचोकमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५१ वर्षीय विजय गुरुङ रहेका छन् ।
स्थानीय धामिना खोलामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उनलाई प्रारम्भिक उपचारका लागि स्थानीय क्लिनिकमा पुर्याइएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो ।
कोशी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी अमुडवाबाट प्रहरी टोली खटिएको थियो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post