इटहरी : सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित एक किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट दिएको भन्ने सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बुधवार राति २०ः१० बजेतिर प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० बस्ने अन्दाजी २५ वर्षीय बहिस मियाँलाई पक्राउ गरेको हो।
चेकजाँच गर्ने क्रममा एक हजार दरका नक्कली नोट २८ थान बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ।
प्रहरीले मियाँलाई जाली नोटसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।












Discussion about this post