Friday, March 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीका किसान चैते धान रोप्न व्यस्त

रासस by रासस
चैत्र १२, २०८२
in विविध, समाचार
0
सुनसरीका किसान चैते धान रोप्न व्यस्त
55
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : सुनसरीका किसान यति बेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ ।

जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुई पटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुई पटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ ।

सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीन पटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर/तोरी लगाइने गरेको उनले बताइन् ।

जिल्लामा हाल चार हजार ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । गत वर्ष चार हजार छ हेक्टरमा गरिएको चैते धान खेतीबाट २३ हजार १६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, “चैते धानमा बर्खे धानको तुलनामा रोग तथा कीरा कम लाग्ने र उत्पादन पनि राम्रो हुने भएकाले किसानको आकर्षण बढ्दो छ । जिल्लामा विशेष गरी चैते–१, चैते–५ र हर्दिनाथ–३ जातको धान बढी रोप्ने गरिएको छ । चैते धानको उत्पादन राम्रो हुने र बजार मूल्यसमेत अनुकूल रहने भएकाले किसानले चैते धान खेती गर्न रुचाउने गरेका छन् ।”

सुनसरीको बराहक्षेत्र नगरपालिका–५, ६ र ७, रामधुनी नगरपालिका–६, ७ र ९, भोक्राहा तथा इटहरीलगायत क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको छ । नहर तथा पैनी सिँचाइ सुविधा पुगेका र तरकारी खेती कम हुने क्षेत्रमा यस्तो धान खेती बढी हुने गरेको सूचना अधिकारी श्रेष्ठले बताए ।

रामधुनी–७ का किसान डम्बर माझीले चैत महिनाभित्र रोपाइँ सके राम्रो उत्पादन हुने भएकाले हाल आफूहरू धान रोपाइँमा व्यस्त रहेको बताए । “चैत २० देखि २२ गतेभित्र रोपिसक्नुपर्छ, चैत महिनापछि रोपाइँ हुँदा उत्पादन कम हुन्छ”, उनले भने ।

Tags: #रासस#सुनसरीकिसानधान
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ
FEATURE BREAKING

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

by टाकुरा न्यूज । इटहरी
चैत्र १३, २०८२
0

इटहरी : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज...

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
FEATURE BREAKING

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८२
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले आगामी वर्षदेखि गुणस्तरीय निर्माण कायम गरी पूँजीगत खर्चको वृद्धिका प्रत्यक...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो ६ वटा निर्णय

चैत्र १२, २०८२
इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, ‘सरकारलाई एमालेले आफ्नो संगठन चलाएजस्तो सम्झियो’

नगरबासीबाट चन्दा उठाएर दमकल किन्नु पर्दैन : मेयर पौडेल

चैत्र १२, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

चैत्र १२, २०८२
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

‘इटहरीमा दमकल खरिदको प्रक्रिया अगाडि बढिसकेको छ’ : नगर प्रवक्ता

चैत्र १२, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

चैत्र १३, २०८२
विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

चैत्र १२, २०८२
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो ६ वटा निर्णय

चैत्र १२, २०८२
इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, ‘सरकारलाई एमालेले आफ्नो संगठन चलाएजस्तो सम्झियो’

नगरबासीबाट चन्दा उठाएर दमकल किन्नु पर्दैन : मेयर पौडेल

चैत्र १२, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    682 shares
    Share 273 Tweet 171
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    213 shares
    Share 85 Tweet 53
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    134 shares
    Share 54 Tweet 34
  • इटहरी कराते एकाडेमीलाई १० स्वर्ण

    132 shares
    Share 53 Tweet 33
  • १६ विधामा ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ प्रदान

    125 shares
    Share 50 Tweet 31

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.